• १८ साउन २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा तीन राज्यमन्त्री नियुक्त

blog

काठमाडौं, साउन १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडलले शुक्रबार अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यससँगै गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।




यो पनि पढ्नुहोस

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

राष्ट्रपति भवनमा शपथ ग्रहणका झलक