• ९ साउन २०८१, बुधबार

सौर्य एयरलाइन्स दुर्घटना : क्याप्टेनको उपचार हुँदै

blog

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गर्दै सुरक्षाकर्मी । उहाँको अनुहार रक्ताम्य भएकाले मधुरो देखाएको छ । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, साउन ९ गते । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) को आकस्मिक कक्षमा उपचार भइरहेको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका शाक्यको उपचारको लागि अस्पताल लगिएको थियो । 

अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार  कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।” 

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।

यो पनि पढ्नुहोस

सौर्य एयरको विमान दुर्घटना (तस्बिरहरु)

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : उद्धार कार्य जारी