• ९ साउन २०८१, बुधबार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : उद्धार कार्य जारी

blog

काठमाडाैं, साउन ८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

बुधवार प्राविधिक मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स एन-एएमई/सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । 



हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी रहेको बताइएको छ । 




तस्बिर : न्युज एजेन्सी नेपाल 

यो पनि पढ्नुहोस

सौर्य एयरलाइन्सको जहाज दुर्घटना