• ९ साउन २०८१, बुधबार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

blog

काठमाडौं, साउन ९ गते । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । 

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगाेकाे मुस्लो देखिएको छ ।  पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ । 

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।