• १६ चैत २०८०, शुक्रबार

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

blog

काठमाडौं, वैशाख २० गते । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार दुई सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।    

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार सात सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ ।