• ८ साउन २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु

blog

आज बसेको प्रदेश सभा बैठकमा उपस्थित प्रदेश सभा सदस्यहरू ।

अविनाश चौधरी

धनगढी, साउन ८ गते । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले विशेष अधिवेशन आह्वानको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गर्नुभएपछि विशेष अधिवेशन सुरु गरिएको हो । 

विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएको थियो । संविधानको धारा १६३ को उपधारा ३ बमोजिम प्रदेश सभाको एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यले अधिवेशन आह्वान गर्न वाञ्छनीय भएको माग गर्दै लिखित अनुरोध गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखले पठाएको पत्रमा उल्लेख छ ।

विशेष अधिवेशनको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ । बैठकमा सत्तापक्षको उपस्थिति न्यून रहेको थियो ।