• ७ वैशाख २०८१, शुक्रबार

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य

blog

काठमाडौं, वैशाख १९ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सय थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।