• २३ असार २०८१, आइतबार

राष्ट्रिय खेलकुद नीति पुनरवलोकनको काम भइरहेको छः मन्त्री श्रेष्ठ

blog

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौँ, असार २० गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरवलोकनको काम भइरहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशि बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय युवा नीति–२०७२ र राष्ट्रिय खेलकुद नीति २०५७ लाई पुनरवलोकन गर्ने कार्य भइरहेको छ  । यी नीतिहरु परिमार्जनका लागि सबै प्रदेशमा गई सरोकारवालाहरुको राय, सुझाव सङ्कलन गरिएकाले युवा र खेलकुदको विषयमा देखिएका समस्या समाधान समाधान हुन्छ भन्ने मेरो विश्वास छ ।’’

मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।