• १६ असार २०८१, आइतबार

श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु

blog

नारद कोहार
तौलिहवा (कपिलवस्तु), असार १३ गते । 
कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिका–३ गनवरियास्थित सडकमा लु ६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीया किसलावती ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर किसलावती गम्भीर घाइते भएको बताउनुभयो । घाइते किसलावतीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।