• १५ असार २०८१, शनिबार

विद्यार्थीसँग खुला सिमाका विषयमा अन्तक्रिया

blog

हरि कोइराला

उर्लाबारी, असार ११ गते । सशस्त्र प्रहरी बलको नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरीको आयोजनामा नेपाल भारत सिमा क्षेत्रका विद्यार्थीहरूलाई दुई देश बिचको खुला सिमाको विषयमा तालिम दिइएको छ । 

शान्ति उद्धार, सुरक्षाः सदा बराह रक्षितः सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका साथ सोमबार मोरङको रङ्गेलीका विद्यार्थीलाई तालिम दिइएको हो । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र सहकार्यमा भएको कार्यक्रममा रङ्गेली–४ को चोप्रोहास्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  

कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक नवीन अधिकारीले सिमाका बिषयमा सहजीकरण गर्नुभएको थियो । नियन्त्रित सीमा प्रणाली, बन्द सीमा प्रणाली, दुई देशबिच सिमा छुट्याउने भूभाग ,रेखा चिन्ह, भौतिक संरचना वा जलीय भागका बिषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । 

चोप्राहा भारतसँग जोडिएको नेपाली गाउँ हो । विद्यार्थीकाल देखिनै देशको सिमा प्रणालीका विषयमा ज्ञान दिन आवश्यक भएकोले विद्यार्थीसँग यस्तो अन्तरक्रिया राखिएको रङ्गेली सिमा सुरक्षा बेस क्याम्पका प्रहरी निरीक्षक राजु श्रेष्ठले बताउनुभयो ।