• ४ असार २०८१, मङ्गलबार

रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ, असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी स्थापनाका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो । 

साथै उहाँले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिनुभयो । सङ्गठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो । उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थान विन्दु बनेको बताउनुभयो । पार्टीका महामन्त्री मुकुल ढकालले सङ्गठन विस्तारमा जोड दिनुभयो । रासस