• ७ असार २०८१, शुक्रबार

टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकाविरुद्ध पहिले बलिङ गर्दै

blog

टस गर्दै नेपाल र दक्षिण अफ्रिकाका कप्तान । तस्बिर : क्यान

सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपालले अहिले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोज्नुभएको छ । समूह ‘डी’ मा रहेको नेपाललाई सुपर आठको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने बाध्यता छ ।

नेपाल अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाल अहिले एक अङ्कसहित गणितिय झिनो सम्भावनाबिच दक्षिण अफिकासँग तेस्रो खेल खेल्दैछ ।

नेपाललाई सुपर आठमा पुग्न बलियो दक्षिण अफ्रिका र अर्को खेलमा बङ्गलादेशलाई हराउनु पर्ने चुनौती छ । नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्न लागेको हो ।

अघिल्ला तीन खेलमा लगातार जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै सुपर आठमा पुगिसकेको छ । त्यसैले दक्षिण अफ्रिका नेपालविरुद्ध दबाबरहित प्रस्तुत हुनेछ । बलियो दक्षिण अफ्रिकालाई हराउन नेपालले ब्याटिङ र बलिङ दुवैमा सुधारिएको प्रदर्शन गर्न आवश्यक छ ।

सेन्ट भिन्सेन्टमा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेको उपस्थितिले नेपालको बलिङ थप बलियो हुने अपेक्षा गरिएको छ । दक्षिण अफ्रिकाविरुद्ध जित निकालेमा नेपालले बलियो टेस्ट टोलीलाई पहिलो पटक हराएर इतिहास रच्नेछ  । 

दक्षिण अफिकाविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), अशिफ खेस (विकेट किपर), कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अभिनाष बोहोरा ।