• १३ साउन २०८१, आइतबार

पुनः मतगणना आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

blog

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २५ गते ।
उच्च अदालत पोखराको व्यास नगरपालिकाको प्रमुखको पदको पुनः मतगणना गर्ने आदेशका विरुद्ध तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । उच्चको फैसला नै त्रुटिपूर्ण रहेकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । यसको पेसी जेठ २७ गते आइतबार तोकिएको छ ।

गत जेठ १  उच्च अदालत पोखरा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै तिथिमिति तोकिदिएको थियो  ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनःमतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराउनुभएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै उच्च अदालतले नै मिति तोकिदिएको थियो ।