• १० मंसिर २०८१, सोमबार

हलमा दुई नयाँ चलचित्र

blog

काठमाडौँ , जेठ २५ गते । चलचित्र ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ शुक्रबारदेखि राजधानीमा प्रदर्शन सुरु भएको छ । नवीन सुब्बा निर्देशित र दयाहाङ राईको शीर्ष भूमिका रहेको ‘गाउँ आएको बाटो’ ले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरेको छ । चलचित्र किराँत राई समुदायमा आधारित भए पनि बुवाले छोरालाई हुर्काउन गर्ने सङ्घर्षको कथा हो । नवीन सुब्बा र महेश राईले मिलेर लेखेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ । 

‘ट्राभल लभस्टोरी’ को कथा प्रस्तुत गरेको चलचित्र ‘लन्डन टु पेरिस’ लाई घनश्याम लामिछानेले निर्देशन गर्नुभएको हो । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मासहित रुस्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ । निश्चल र गरिमाले यही चलचित्रबाट अभिनयमा प्रवेश गर्नुभएको छ । पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको छ । अमित बस्नेतको निर्माण रहेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता हुनुहुन्छ ।