• ६ असार २०८१, बिहिबार

कालीकोटका नौ स्थानीय तहलाई दुई अर्ब ६९ करोड

blog

प्रेमराज सिम्खडा
कालीकोट, जेठ २३ गते । 
कालीकोट जिल्लाका नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्ष ०८१/०८२ मा नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान पाउने भएका हुन् । तीन वटा नगरपालिकाले वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा ९९ करोड ३१ लाख अनुदान पाउने भएका छन् ।

यस्तै, छ वटा गाउँपालिकाले एक अर्ब ७० करोड ३५ लाख अनुदान पाउने भएका छन् । नगरपालिका र गाउँपालिकालाई गरेर दुई अर्ब ६९ करोड ६६ लाख पाउने भएका हुन । यस वर्ष सङ्घीय अनुदान कालीकोटका लागि गत वर्षभन्दा पाँच करोड ५५ लाखले घटेको छ । गत वर्ष कालीकोटका नौ स्थानीय तहका लागि दुई अर्ब ७४ करोड १३ लाख प्राप्त भएको थियो ।

सङ्घ सरकारबाट यी चार वटै शीर्षकमा स्थानीय तहले पाउने अनुदानमा सबैभन्दा बढी नरहरीनाथ गाउँपालिकाले ३७ करोड ७६ लाख बजेट अनुदान पाउनेछ भने सबैभन्दा कम महावै गाउँपालिकाले गाउँपालिका २१ करोड ८१ लाख बजेट पाउनेछ । तीन वटा नगरपालिका मध्य सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाले अनुदान पाउने भएको छ । खाँडाचक्र नगरपालिकाले ३६ करोड ४७ लाख पाउने छ ।

साबिकका पाँच वटा गाउँविकास समिति मिलेर बनेको तिलागुफा नगरपालिकाले जम्मा ३१ करोड ३४ लाख पाएको छ भने तीन वटा गाउँ विकास समिति मिलाएर बनेको रास्कोट नगरपालिकाले ३१ करोड ५० लाख अनुदान पाएको छ । नौ वटै स्थानीय तहले पाएको अनुदान शीर्षक अनुसार समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदानमा ८६  करोड ७२ लाख छ ।

चालु तर्फ सर्सत अनुदानमा एक अर्ब ६६ करोड २४ लाख, विशेष अनुदानमा ६ करोड ३० लाख, समपूरक अनुदान पुजिगतमा १० करोड ५५ लाख  र चालु तर्फ २१ करोड ७ लाख गरी जम्मा दुई अर्ब ६९ करोड ६६ लाख लाख छ । छ गाउँपालिका मध्य सबैभन्दा बढी नरहरीनाथ गाउँपालिकाको छ भने थोरै महावै गाउँपालिकाको छ । शुभकालिका गाउँपालिकाको २७ करोड पाँच लाख छ भने पचालझरना गाउँपालिकाको २६ करोड ८४ लाख, पलाँता गाउँपालिकाको ३० करोड ६८ लाख छ । यस्तै सान्नीत्रिवेणी गाउँपालिकाको २६ करोड २१ लाख रहेको छ ।