• २२ असार २०८१, शनिबार

‘चलचित्र मनोरञ्जन मात्र होइन, अभियान पनि हो’

blog

चलचित्र पत्रकार संघ नेपाल, कास्की को छैठौँ साधरण सभा कार्यक्रममा उपस्थितहरु । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, जेठ १९ गते । 
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले चलचित्र मनोरञ्जन मात्र नभएर एउटा अभियान रहेको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की को छैटौँ साधारण सभा कार्यक्रममा शनिबार प्रमुख आचार्यले चलचित्रले समाजको नदेखिएका कथालाई उजागर गरेको बताउनुभएको हो ।

‘‘पोखरा आफैँमा पर्यटनको राजधानी हो । यहाँ नेपाली फिल्म अधिकांश सुटिङ हुने गरेका छन् । यो आफैँमा सुटिङ हब हो ।’’ उहाँले भन्नुभयो । प्रमुख आचार्यले महानगरको आगामी बजेटमा चलचित्र पत्रकारिता गर्ने पत्रकारको बारेमा पनि सम्बोधन गर्ने तयारी भएको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रीय अध्यक्ष समीर बलामिले नेपाली पत्रकारिताको क्षेत्रमा चलचित्र पत्रकारिता निकै सक्रिय रहेको बताउनुभएको छ ।

कार्यक्रममा जितप्रकाश द्वा चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विजय नेपाललाई प्रदान गरिएको छ । उहाँलाई ३० हजार नगद, दोसल्लासहित सम्मान गरिएको हो । यसैगरी पुराना चलचित्र निर्माता विनोद शेरचनलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ ।