• ३ असार २०८१, सोमबार

नौ दिनदेखि महिला बेपत्ता

blog

नौ दिनदेखिको बेपत्ता सुभद्रा यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ १४ गते । 
धनुषाको ढल्केबरबाट एक जना महिला नौ दिनदेखि बेपत्ता भएकी छन् । मिथिला नगरपालिका–६, ढल्केबरका श्रीराम यादवकी ४३ वर्षीया श्रीमती सुभद्रा भन्ने मनकुमारी यादव नौ दिनदेखि बेपत्ता हुनुभएको हो ।

जेठ ६ गते दिउँसोबाट उहाँ बेपत्ता रहेको उहाँको श्रीमान् यादवले बताउनुभयो । कोही कसैलाई कुनै जानकारी नदिई घर छोडेर हिँडेको र खोजतलास गर्दा पनि फेला नपरेको उहाँको भनाइ छ ।

उहाँले बेपत्ता श्रीमती सुभद्राको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिनुभएको छ ।

सुभद्राको खोजीका लागि उजुरी आएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले बताउनुभयो । उहाँले बेपत्ता सुभद्राको खोजतलास भइरहेको जानकारी दिनुभयो ।