• ३ असार २०८१, सोमबार

टिपरले ठक्कर दिँदा वृद्ध घाइते

blog

राधा लुइटेल

फिदिम, जेठ १३ गते। पाँचथरको हिलिहाङ गाउँपालिका-१ भालुचोकमा टिपरले ठक्कर दिँदा ७२ वर्षीय वृद्ध रुपध्वज राई गम्भीर घाइते हुनुभएको छ।

फिदिमदेखि सिमेन्ट बोकेर ताप्लेजुङ जाँदै गरेको ना १ क ४५३३ नम्बरको टिपरले पैदल यात्रामा रहनुभएका हिलिहाङ १ निवासी ७२ वर्षीय राईलाई ठक्कर दिएको हो।

टिपरको ठक्कर राईको दाहिने खुट्टा भाँचिनका साथै शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइते राईको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो।