• ३ असार २०८१, सोमबार

अवालेको ‘ए माया ए है माया’

blog

काठमाडौँ, जेठ १३ गते । गायक राम अवालेको नयाँ गीत ‘ए माया ए है माया’ रिलिज भएको छ । खेलकुदसँग सम्बन्धित गायक अवाले नेपाल बक्सिङ सङ्घका अध्यक्ष हुनुहुन्छ । शम्भुजित सेभेन नोट्स युट्युब च्यानलमार्फत सो गीत बिहीबार सार्वजनिक गरिएको हो । सो गीतमा सङ्गीत र रचना नेपालका हस्ती सङ्गीतकार शम्भुजित बाँस्कोटाको रहेको छ । ‘ए माया ए है  माया’ हाल बजारमा चल्दै आएको लोक, आधुनिक रोमान्टिक डान्सिङ बिटको सम्मिश्रण छ । 

गायक अवालेले पनि नेपालका लिजेन्ड सङ्गीतकार शम्भुजितले रचना र सङ्गीतमा मेहनत गर्नुभएको र गीत ‘क्याची’ बनेकोले आफ्नो नयाँ गीतबाट ठुलो अपेक्षा राखेको बताउनुभयो ।

गायक अवालेको तेस्रो नेपाली गीत हो । यसअघि उहाँले जति कुरा गरुन् अरूले र भिक्षा देउ गीतमा पनि स्वर दिनुभएको थियो । उहाँले नेपाल भाषाका गीत पनि गाउनु भएको छ । यस गीतमा गायक अवालेसहित निर्मल शर्मा, बीना राउतलगायतले अभिनय गर्नुभएको छ ।