• ३ असार २०८१, सोमबार

कपिलवस्तुमा ३१ हजार बालबालिकालाई 'आईपिभि' खोप लगाइँदै

blog

स्वास्थ्य कार्यालयको प्रशासनिक भवन । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), जेठ ११ गते । कपिलबस्तुमा जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आईपिभिखोप अभियान सञ्चालन हुने भएको छ । खोप लगाउन छुटेका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभि खोप लगाइनेछ । 

२०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।

नेपालमा २०७३ जेठदेखि २०७५ असोजसम्म आईपीभी खोपको अभाव भएको थियो । जिल्लामा जेठ १३ देखि २६ गतेसम्म दुई चरणमा खोप लगाइनेछ । खोप अधिकृत दिपाकर महर्जनका अनुसार कपिलवस्तुमा स्वास्थ्य कार्यालयले खोप लगाउन ७ सय ७३ वटा खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीका अनुसार जिल्लाको कपिलवस्तु, शिवराज, महाराजगञ्ज, बाणगङ्गा, कृष्णनगर, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा जेठ १३ गतेदेखि र यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा जेठ १६ गतेदेखि खोप लगाइने बताउनुभयो ।

खोप लगाउन छुटेका बालबालिका अहिले पाँचदेखि आठ वर्ष हाराहारीका भएका भएका छन । सरकारले त्यतिबेला खोप लगाउन छुटेकाको रेकर्ड राख्दै आएको थियो । सोही आधारमा देशभरि पोलियो खोप छुटाएका बालबालिकालाई खोप लगाउने योजना केन्द्रले सरकारले अघि सारेको हो ।