• ३ असार २०८१, सोमबार

अध्यक्ष सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिने

blog

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत धनुषामा प्रवेश गर्नुहुँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ ११ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषामा दोस्रो पटक उपस्थित गराउन लागिएको हो । 

हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अहिले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । बयानपछि अदालतमा उपस्थित गराइने उहाँले जानकारी दिनुभयो । 

उहाँलाई यसअघि बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो ।

यता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहसहितका स्थानीयले अध्यक्ष सिरोहियालाई साधारण तारेख छोड्नुपर्ने माग गर्दै अदालत अगाडि धर्नामा बसेर प्रदर्शन गरेका छन् ।