• ११ मंसिर २०८१, मङ्गलबार

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

blog

बेइजिङ, जेठ १० गते । चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ ।

वायु ऊर्जा र सौर्य ऊर्जाको विकासलाई गति दिने चीनको प्रयासबिच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग चार करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ ।

जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख ऊर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को ऊर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक वर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।

विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ । रासस/सिन्ह्वा