• ७ कात्तिक २०८१, बुधबार

लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

blog

खैरो हिरोइनसहित पक्राउ परेका दिपक महतो र सुभाष परियार। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख ३० गते। जिल्ला प्रहरी कार्यालय धनुषाले लागूऔषध खैरो हिराइनसहित दुई जनालाई पक्राउ गरेको छ। मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्वपश्चिम लोकमार्गबाट ४.२ ग्राम लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २३ वर्षीय दीपक महतो र सोही ठाउँका २८ वर्षीय सुभाष परियार छन्। 

लागूऔषध नियन्त्रण ब्युरो शाखा जनकपुर र इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी टोलीले दुवै जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।