• ६ जेठ २०८१, आइतबार

इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्दै नेपाल

blog

मैत्रीपूर्ण खेलअघि तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौँ, वैशाख २४ गते । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार (सोमबार) राति इङ्ल्यान्ड ‘सी’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । 

खेल अल्सडरसट टाउन फुटबल क्लबको मैदान घरेलु मैदान इबिबी रङ्गशालामा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत पुगेको हो । 

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विश्वकप छनोटबाट भने यसअघि नै बाहिरिइसकेको छ ।