• ६ जेठ २०८१, आइतबार

बार्सिलोनाको हारले रियल च्याम्पियन

blog

काठमाडौँ, वैशाख २३ गते । बलियो टोली बार्सिलोना जिरोनासँग पराजित भएपछि स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग ४–२ गोलले पराजित भयो । जितसँगै जिरोना ३४ खेलबाट ७४ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना समान खेलबाट ७३ अङ्कका साथ तेस्रो स्थानमा छ ।

शीर्ष स्थानको रियालले ८७ अङ्क बनाएको छ । बार्सिलोनाको हारले रियल च्याम्पियन बनेको छ भने जिरोना पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको छ । रियाल ३६औँ पटक स्पेनिस लिग च्याम्पियन बनेको हो । एजेन्सी