• १० जेठ २०८१, बिहिबार

समय (कविता)

blog

समयको महत्व हामी सबले बुझौँ

समयम पाठ गरौँ समयमैं खेलौँ 


समयम उठौँ हामी समयम सुतौँ

समयमै खाजा खाऔँ, समयमै खाना


समयमै नुहाऔँ, समयमै धोऔँ नाना

समयमै स्कुल जाऔँ, समयमै आऔँ


समयमै पढी गुनी ज्ञानी मान्छे बनौँ

समय हो मूल्यवान् हामी सबले जानौँ 


समयको ख्याल गरौँ नत्र पछुताउनु पर्ला 

बाआमालाई काम सघाऊ जे जे पार्ला पर्ला