• ५ जेठ २०८१, शनिबार

विद्यार्थीको सपना

blog

हामी विद्यार्थी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ ।

विद्यार्थी भएर शिक्षकको महत्व बुझ्नु पर्छ ।


ठुलालाई आदर गरी सानालाई माया

सत्य बोली सफा सुग्घर आफ्नो दायाँबायाँ ।


शिक्षा र पढाइकै साथ लाग्नु पर्छ 

अनि आफ्नो लक्ष्यतर्फ अगाडि बढ्नु पर्छ ।


विद्यार्थी हुँ म विद्या आर्जन गर्ने 

विद्या आर्जन गरेर देशको सेवा गर्ने ।


आँखामा सपना, हातमा जोस, पाखुरीमा जाँगर 

मेरो देश नेपाललाई बनाउने छु संहार ।


विद्या जस्तो ठुलो धन अरू केही छैन 

जाँगर लगाई पढौँ साथी अल्छी हुने हैन ।


विद्यालय गएर नै बिताऊ दिनहरू 

विद्या जस्तो यो संसारमा छैन केही अरू ।