• १३ साउन २०८१, आइतबार

सूचनाका स्रोत फराकिलो भएपनि विचार सङ्कुचित हुँदैछन् : प्रमुख सचेतक परियार

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार ।

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू सङ्कुचित हुँदै गएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको समाज रूपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरेका कुराहरूमा राजनीतिक पार्टीहरू सचेत छन् की छैनन् ? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताउनु भयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘आज आएर सूचनाका स्रोतहरू फराकिलो भए पनि विचारहरू सङ्कुचित हुन थालेका छन् । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ । नेपालको समाज रूपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भूमिका खेल्नुपर्छ । पत्रकार महासङ्घले एउटा अभियान छेड्नुपर्छ की, संविधानमा व्यवस्था गरेका कुराहरूमा राजनीतिक पार्टीहरू सचेत छन् की छैनन् ? संविधान बमोजिम राजनीतिक पार्टीहरूले आफ्नो कर्म गर्छन् की गर्दैनन् ? त्यतातिर कलम तिखार्नुपर्नेछ ।’’

प्रमुख सचेतक परियारले ठुलो सङ्घर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरू नै विश्वास गुमाउन थालेको बताउनुभयो ।