• २१ असार २०८१, शुक्रबार

चुकेनीको बिजुलीले झिलिमिली

blog

जुम्ला समाचारदाता 

जुम्ला, वैशाख २० गते । जुम्लाको बहुप्रतीक्षाको घडीका रूपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविद्युत् आयोजनाको बत्ती निर्माण करिब सकिएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण सुरु भएको चुकेनी विद्युत् सहकारी संस्था लिमिटेड पातारासीद्वारा सञ्चालित ९९८ किलोवाट बिजुलीबाट मङ्गलबारदेखि जुम्ला सदरमुकाममा बत्ती बलेको छ । केन्द्र जुम्लाका फिल्ड संयोजक पृथ्वीबहादुर शाहीका अनुसार अहिले चुकेनीको बिजुली सदरमुकाममा समेत बलेको छ । उहाँका अनुसार कर्णाली प्रतिष्ठानबाहेक अन्य बजार क्षेत्रमा बिजुली बलेको छ । वैकल्पिक ऊर्जा अन्तर्गत ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रममा इन्जिनियर सुदीप पौडेलले करिब २९३ केभीको विद्युत् लाइन खपत भएको जानकारी दिनुभयो । इन्जिनियर पौडेलले अझै पनि राम्ररी दिगोपना गर्न निरन्तर टोली खटिरहेको छ । 

बजारमा बत्ती आएपछि स्थानीय खुसी भएका छन् । प्राधिकरणका अनुसार बत्ती छोडे पनि पावर नमिलेका कारण दिगोपनका लागि काम भइरहेको बताइएको छ । अझ एक दुई हप्ता गहिरो तरिकाले काम गरेरमा ९९८ किलोवाट थेग्ने गरी बत्तीको काम भइरहेको जानकारी दिइएको छ । चुकेनी विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले भन्नुभयो, “आज जुम्ला सदरमुकाम बत्तीले झिलिमिली भएको छ, हेरौँ दिगो हुने आशा गरिएको छ । बत्ती सदरमुकामको ३३ केभी लाइनसँग जोडिएर सफल परीक्षण भएको र अब राम्ररी व्यवस्थापन गरेमा केही समयमा जुम्ला सदरमुकाम लोडसेडिङमुक्त हुन्छ ।”

जुम्लामा राष्ट्रिय प्रसारण लाइन ३३ केभीको बिजुली पुगे पनि बत्तीको पावर अभाव हुने भएकाले बत्तीको अभाव जुम्लाले खेपिरहेको स्थिति थियो । यही समयमा जुम्लामा स्थानीय पानीको प्रयोग गरेर पहिलो पटक करिब एक मेघावाटको बत्ती निकालिएको छ ।