• ८ जेठ २०८१, मङ्गलबार

कागबेनीमा बस दुर्घटना : २१ जना घाइते

blog

दुर्घटनाग्रस्त बस। तस्बिर सौजन्यः सुन्दरकुमार थकाली

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख १८ गते। मुस्ताङको तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस मङ्गलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। 

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार प्रदेश ३–०१–००६ ख ६२२ नम्बरको बस बिहान ९ बजेतिर कागबेनी मोडनजिकै दुर्घटना भएको हो। घाइतेको जोमसोममा रहेको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले प्रहरी र स्थानीयको सहयोगमा बाटोबाट बस हटाएर यातायात सुचारु गरिसकिएको छ। “घाइतेको अवस्था सामान्य छ, आठ जना डिस्चार्ज भइसक्नुभयो,” उहाँले भन्नुभयो। 

प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको पाण्डेले उल्लेख गर्नुभयो। दुर्घटना भएको बसमा काठमाडौंको लिबर्टी कलेजका विद्यार्थी थिए। दुई वटा बसमा शैक्षिक भ्रमणमा लिबर्टी कलेजका विद्यार्थी मुस्ताङ आएका थिए।