• ८ जेठ २०८१, मङ्गलबार

शुक्लाफाँटामा राज भद्राई

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख १८ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राज भद्राई चरा पुनः देखा परेको छ । शुक्लाफाँटाको घाँसे मैदानमा सो चरा देखिएको हो । 

गत वर्ष मार्चमै राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले पहिलो पटक सो चरा निकुञ्जको घाँसे मैदानमा अभिलेख गर्नुभएको थियो । 

त्यसयता राज भद्राई चार पटक निकुञ्जमा फेला परिसकेको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । डङ्गौरासहित चराप्रेमीहरू महानन्द जोशी, सुवन चौधरी र गोपाल चौधरीको टोलीले राज भद्राई देखेको जनाएका हुन् । 

सुक्खा तथा खुला ठाउँ, खेत किनारको झाडीमा बस्न मन पराउने राज भद्राई चराले सलह, क्याटरपिलर, बिटल र बगहरू खाने गरेको छ । राज भद्राई गत वर्ष पहिलो पटक अभिलेख भएको थियो । 

यो चरा बर्दियाको गौहना गाउँनजिक अभिलेख गरिएको थियो । नेपालमा कमै पाइने यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को सूचीमा भने सामान्य अवस्थामा रहेको छ ।