• ४ जेठ २०८१, शुक्रबार

अग्निपीडितलाई दैनिक खाना खुवाउँदै वार्मिङ हार्ट्स नेपाल

blog

मटियाहनीका अग्नीपीडितलाई दैनिक खाना खुवाउँदै वार्मिङ हार्ट्स नेपाल सायन समाज ।

जलेश्वर, वैशाख १८ गते । महोत्तरीको मटियाहनी नगरपालिका–६ का अग्निपीडितलाई वार्मिङ हार्ट्स नेपाल सायन समाजले दैनिक खाना खुवाउँदै आएको छ । वार्मिङ हार्ट्सले मटियाहनी–६ का अग्निपीडितलाई दैनिक खाना खुवाउँदै आएको हो ।

गत बुधबार भएको आगलागीबाट एक सय तीन घरपरिवार प्रभावित भएका छन् । आगलागीका कारण खाद्यान्न, लत्ताकपडालगायत अन्य सबै सामान जलेर नष्ट भएको थियो ।

हेन्ड्रेडस् ग्रुप र हाम्रो टिम नेपालको सहयोगमा वार्मिङ हार्ट्सले अग्निपीडितहरूलाई खाना खुवाउँदै आएको हार्ट्सका योगेश गुप्ताले जानकारी दिनुभयो ।


उहाँका अनुसार दुई सयभन्दा बढी बालबालिकाहरू आगलागीबाट प्रभावित भएका छन् । उनीहरूका किताब कपीलगायत विद्यालय पोशाकसमेत जलेकाले सोको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी गुप्ताले दिनुभयो ।

त्यस्तै, अग्नि प्रभावित मटियाहनी– ६ मा गर्मीको समयमा पालमा बस्दा स्वास्थ्यमा पर्ने  समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । वार्मिङ हार्ट्सले जाजरकोट भूकम्पको बेलामा समेत उद्धार र राहतका लागि काम गरेको थियो ।