• २० असोज २०८१, आइतबार

मधेशमा मन्त्रिपरिषद् विस्तार : मन्त्रीको सङ्ख्या १५ पुग्यो

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय। तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, वैशाख १७ गते। मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो। मन्त्रिपरिषद् विस्तारसँगै मधेशमा मन्त्रीको सङ्ख्या १५ पुगेको छ। 

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

पुनर्गठित मन्त्रिपरिषदमा १५ सदस्यीय रहेका छन्। बिना विभागीय मन्त्रीको शपथ लिनुभएका नेकपा (माओवादी केन्द्र) भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री यादवले नेकपा (एमाले), जसपा, माओवादी केन्द्र र नेकपा (एस)लाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको हो। 

पुनर्गठित मन्त्रिपरिषद्मा सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सुरिता कुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंहासन सा कलवार ऊर्जा सिँचाइ तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या, युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति, बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।  राज्यमन्त्रीमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाइ, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापाले गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

योसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले दुई सातामा चार पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको छ।