• २ जेठ २०८१, बुधबार

बझाङमा पुनः एमालेका उम्मेदवार अगाडि

blog

शैलेन्द्र रोकाया

बझाङ, वैशाख १७ गते । बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः अग्रता लिनुभएको छ । भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गर्नुभएको छ । 

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६६३ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मतगणना हुन बाँकी छ ।