• २४ वैशाख २०८१, सोमबार

कोशीलाई हराएको गण्डकी प्रतियोगिताबाट बाहिरियो

blog

काठमाडौँ, वैशाख १२ गते । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बुधबार कर्णाली प्रदेशमाथि जित निकालेको छ ।

मूलपानी मैदानमा कोशीलाई चार विकेटले हराए पनि गण्डकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । यता पाँचौँ हार खेपेको कोशी पनि बाहिरी सकेको छ ।

कोशीले अङ्क तालिकामा खाता खोल्न सकेको छैन । जितको लागि एक सय ५६ रनको लक्ष्य पछाएको गण्डकीले १९.५ ओभरमा ६ विकेटको  क्षतिमा एक सय ५९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । 

गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रन बनाउनुभयो । ओपनर ईश्वर क्षेत्रीले २५, अर्जुन कुमालले २४, विपिन खत्री र दीपक डुम्रेले १८/१८ तथा अमृत गुरुङ १२ रन बनाउनुभयो । बलिङमा कोशीका प्रकाश कार्कीले दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । कोशीका लागि सोनु अन्सारीले ४४ रन बनाउनुभयो । यस्तै मनिष थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ र दीपेश कँडेलले १० रन बनाउनुभयो ।

बलिङमा गण्डकीका सुवास भण्डारीले तीन विकेट लिनुभयो ।  विपिन खत्री र अमृत गुरुङले एक एक विकेट लिनुभयो ।