• १४ असार २०८१, शुक्रबार

बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा मनकुमारको निधन

blog

राधा लुइटेल 

फिदिम, वैशाख १० गते । पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एक जनाको निधन भएको छ । आइतबार राती हिलीहाङ गाउँपालिका ४ सिबुवा निवासी  ५१ वर्षीय मनकुमार सिगुको निधन भएको हो ।

बाँदर धपाउन राखिएको बन्दुकको फायरिङ पिनको नाल फुट्दा छर्राले लागेर घाइते हुनुभएका सिगुको उपचारका क्रममा पाँचथर अस्पतालमा निधन भएको पाँचथर प्रहरीका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिनुभएको छ ।

उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई  घट्नाको अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जानकारी दिएको छ ।