• २३ वैशाख २०८१, आइतबार

विवादास्पद अभिव्यक्तिप्रति मुस्लिम समाजको आपत्ति

blog

सामाजिक सद्भावमाथि आघात पुर्‍याउने व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख १० गते ।
सामाजिक सञ्जालमा कमलनारायण दासलगायतका व्यक्तिहरुले समुदायको सद्भाव भाँड्ने र मुस्लिम सहिष्णुतामाथि आघात पुर्‍याएको भन्दै सुनसरी प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली मुस्लिम समाज सुनसरीको तर्फबाट सामाजिक सद्भावमाथि आघात पुर्‍याउने व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने र हरिनगर निवासी दिलशाद सिद्धिकीउपर लगाएको गलत अभियोग खारिज गरी रिहाइ गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत प्रधानमन्त्रीलाई पठाएको हो ।

समाजका अध्यक्ष नईम अन्सारी र सचिव अकरम अलि तथा प्रवक्ता मोलाना साहवुद्धिन इस्लाहीसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । दुई पृष्ठकाे ज्ञापनपत्रमा कमलनारायण दास र हरिनगर ३ का जीवन मेहता लगायतकाले इस्लाम धर्मप्रति अघात पुर्‍याएको उल्लेख गर्दै छानबिन गरी कारवाहीको माग गरिएको छ ।