• २१ वैशाख २०८१, शुक्रबार

गोरखापत्रकर्मी सुवेदीलाई युवा पत्रकारिता पुरस्कार

blog

कर्णाली प्रदेश प्रमुख तिलक परियार पत्रकारिता पुरस्कार–२०८१ बाट गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदीलाई सम्मानित गर्नुहुँदै । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, वैशाख ८ गते ।
पत्रकार महासङ्घ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कार –२०८१ बाट गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदी सम्मानित हुनुभएको छ ।

शनिबार महासङ्घ शाखा सुर्खेतको १२ औं अधिवेशन तथा साधारणसभाका अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नगद र प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।

सुवेदीसहित अन्य  सात  जना पत्रकार पुरस्कृत हुनुभएको छ ।  जसमा वर्ष पुरस्कारमा कान्तिपुर टेलिभिजनका कमल पन्त, क्रियाशील पत्रकारिता पुरस्कार शिलापत्र डटकमका ओम शाही, खानेपानी तथा सरसफाई पुरस्कार पहिलो प्रेस डटकमका शेरबहादुर थापा र सत्य पत्रिका डटकमका चन्द्रा कँडेल र स्व. नन्दु गेलाङ्ग पत्रकारिता पुरस्कारबाट रेडियो भेरीकी डिलु रावत पुरस्कृत हुनुभएको हो ।

यस्तै, महासङ्घले प्रदान गर्दै आएको शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका रमेश रावल र नेपाल टेलिभिजनका आकाशतारा बयक पुरस्कृत हुनुभएको थियो ।

महासंघको अधिवेशन तथा साधारणसभा उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकारहरू राष्ट्रको सच्चा पहरेदार रहेकाले निरन्तर खबरदारीमा लाग्नुपर्ने बताउनुभयो । मुलुकमा आएको परिवर्तनको दुरुपयोगलाई रोक्न पत्रकारहरूले निरन्तर खबरदारी गर्नुपर्ने प्रदेश प्रमुख परियारको उहाँको भनाइ थियो ।