• २० वैशाख २०८१, बिहिबार

बालकको शव फेला

blog

लीलाराज खड्का
बिर्तामोड, वैशाख ३ गते ।
 झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई सिचाई नहर आयोजनाको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला परेको छ ।

आइतबार बिहान १०ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० का १२ वर्षीय विवेक बस्नेतको शव फेला परेको हो । बस्नेत ४ किलोमिटर उत्तरमा शिवसताक्षी नगरपालिका १० मा बस्नेतको चप्पल बिहान ८ बजेतिर स्थानीयले देखेपछि उनी नहरमा चिप्लिएर खसेको हुन सक्ने भन्दै स्थानीय र प्रहरीले उनको खोजी गरेका थिए ।

बस्नेतको शव उत्त घटना स्थलदेखि ४ किलोमिटर तल साईफनमा अड्किएको अवस्थामा बिहान १०ः३० बजे स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनी कसरी यसरी साईफनमा अल्झिए भन्नेबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।