• २१ वैशाख २०८१, शुक्रबार

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २ गते । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको ‘सी’ टोलीसँग वैशाख २६ गते मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि आइतबार २८ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले छनोट गर्नुभएको टोलीमा आयुष घलान, विमल घर्तीमगर, दीप कार्की, सुरजज्यू ठकुरीलगायत स्टार खेलाडी हुनुहुन्न । इङ्ल्यान्डको इबिबी रङ्गशालामा हुने मैत्रीपूर्ण खेलका लागि एल्डरशटले नेपाल फुटबल सङ्घ र द फुटबल एसोसिएसन (एफए) को समन्वय गरेको हो । 

नेपालको प्रारम्भिक टोलीको गोलरक्षकमा अभिषेक बराल, विशाल सुनार, किरणकुमार लिम्बु र सन्तोष महत हुनुहुन्छ । रक्षकमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), अजय चौधरी र योगेश गुरुङ रहनुभएको छ । 

यस्तै मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की तथा स्ट्राइकरमा अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार हुनुहुन्छ ।