• १२ साउन २०८१, शनिबार

‘नइ पुरस्कार’ प्रदान

blog

काठमाडौँ, वैशाख १ गते । नइ प्रकाशनले प्रसुति विशेषज्ञ प्राडा सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ एक लाख रुपियाँसहित  ताम्रपत्र प्रदान गरेको छ । त्यसैगरी भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रुपियाँ राशी सहित ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’, भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेश दुर्गा अन्तराष्ट्रिय पुरस्कार’, पुर्व राजदुत डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् प्रा जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, मोहनबहादुर शाहीलाई ‘नइ भाजपा पुरस्कार’ प्रदान गरियो । 

त्यसैगरी चित्रकार कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, पत्रकार हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ इश्वरवल्लभ पुरस्कार’ र बिश्वप्रेम अधिकारीलाई ‘नइ धनरुप पुरस्कार’ प्रदान गरियो । उहाँ सबैलाई तामपत्र सहित जनही एक लाख रुपियाँ प्रदान गरियो । हास्यकलाकार शैलेन्द्र सिंखडालाई तामपत्र सहित साठी हजार रुपियाँ राशीको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’, रीमा पाण्डेलाई तामपत्र सहित पचास हजार रुपियाँ राशिको ‘नइ बुलबुल पुरस्कार’ र मिस नेवा नीतु डङ्गोललाई तामपत्र सहित पच्चीस हजार रुपियाँ राशीको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरियो । कार्यक्रममा छ जना बालबालिकालाई दश हजार रुपियाँ राशी र तामपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ र सात हजार रुपियाँ राशीको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ र पाँच हजार रुपियाँ राशीको नइ देरुनीखपू चिचिला पुरस्कार प्रदान गरियो ।