• २२ वैशाख २०८१, शनिबार

सुनापति गाउँपालिका थाङ्कु कला हब

blog

काठमाडौँ, चैत २८ गते । रामेछापको सुनापति गाउँपालिकालाई ‘सुनापति थाङ्कु कला हब’ घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा रामेछापको सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबार गाउँपालिकालाई ‘सुनापति थाङ्कु कला हब’ घोषणा गरिएको हो । 

सो कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य युवराज चौलागाईंले गाउँपालिकाको प्रचारप्रसार तथा प्रवर्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । थाङ्का कला पहिचान मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै यसलाई प्रवर्धन गर्नुपर्ने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले यस्तो घोषणाले यहाँका पर्यापर्यटनमा थप टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सिप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँच वटै वडामा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका महिला, पुरुष सबैले थाङ्का लेखिरहेका छन् । सबैले सिकिरहेका छन् । यसलाई अझै व्यापक बनाउँदै थाङ्का हबलाई अन्तर्राष्ट्रिय करण गर्नु पर्दछ ।” नेपाल पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटाले कलालाई पर्यटनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो ।