मकवानपुर समाचारदाता
हेटौैँडा, चैत २७ गते । मकवानपुरको शैक्षिक गतिविधिमा व्रिmयाशील शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाका अवसरमा संस्थाको कार्यविधि अनुसार निवेदन आह्वान गरी छनोट समितिको सिफारिसमा मकवानपुर जिल्लाका कक्षा ११ र १२ का छ जनालाई जनही १० हजार र कक्षा ९ र १० का तीन जनालाई आठ हजार रुपियाँ छात्रवृति प्रदान गरिएको थियो । मनहरी गाउँपालिका स्थित महेन्द्र किरण माविमा कक्षा १२ मा अध्ययनरत अजय प्रजा, सुस्मिता बोटे, सपना घलान, भूमिका विष्ट, सितास घिमिरे, रोटरी माविमा कक्षा १० मा अध्ययनरत मिठुकुमारी कोइराला र कक्षा ९ मा अध्ययनरत सौगात गोले, हेटौँडा–९ स्थित प्रगति माविमा कक्षा ११ मा अध्ययनरत विपन खनाल, बकैया गाउँपालिकास्थित जनक माविमा कक्षा ९ मा अध्ययनरत सलिना माझीलाई छात्रवृति प्रदान गरिएको छ ।
साधारण सभामा पूर्वमुख्यमन्त्री पौडेलले मकवानपुर जिल्लाको आवश्यकताका आधारमा संस्था स्थापना भएकाले यसलाई जीवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको बताउनुभयो । संस्थाका अध्यक्ष खुलालले शिक्षाको अवसरबाट वञ्चित विपन्न, असहाय, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई न्यूनतम शिक्षाको अवसर दिलाउने तथा शिक्षाका अन्य क्षेत्रमा समेत सहयोग पु-याउने उद्देश्यले संस्था स्थापना भएको बताउनुभयो ।
साधारण सभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषाध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाको अक्षयकोषमा करिब १६ लाख रुपियाँ जम्मा भएको छ । संस्थामा हालसम्म आजीवन सदस्य ८० जना, विशिष्ट सदस्य १० जना, साधारण सदस्य १७ जना र संस्थागत सदस्य २४ जना गरी १३१ जना सदस्य आबद्ध छन् ।