• १२ साउन २०८१, शनिबार

भारतमा अप्रिल–जुनमा अत्यधिक गर्मी हुने

blog

नयाँदिल्ली, चैत २१ गते । भारतको मौसमविज्ञान विभाग (आईएमडी) ले भारतमा अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मी हुने बताएको छ ।

अप्रिलदेखि जुनमा अत्यधिक गर्मी हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । दक्षिण प्रायद्वीप, मध्य भारत, पूर्वी भारत र उत्तरपश्चिम भारतमा धेरै गर्मी हुने सम्भावना रहेको बताएको छ ।

आईएमडीले गर्मीको लहरको समयमा उच्च तापमानले जोखिम निम्त्याउने बताएको छ । विशेष गरी वृद्ध, बालबालिकाहरू र अस्वस्थ भएकाहरुला समस्या हुनसक्ने बताएको छ । यसले प्रभाव कम गर्नका लागि सक्रिय कदम चाल्न अधिकारीहरूलाई आग्रह गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल