• १२ साउन २०८१, शनिबार

सहकारी दिवस मनाइयो

blog

सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममका सहभागी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

पाँचथर, चैत २० गते। फिदिममा ६७ औं सहकारी दिवस मनाइएको छ। फिदिम नगरपालिका सहकारी शाखाको आयोजनामा यो दिवस मनाइएको हो।

दिवसका अवसरमा नगर क्षेत्रका उत्कृष्ठ सहकारी संस्था, सहकारी संचालक र सहकारी कर्मचारीलाई सम्मानित गरिएको थियो। 

संस्थातर्फ उद्यमी महिला बहुउदेश्य सहकारी संस्था फाल्गुनन्द, कालिका कृषि सहकारी संस्था रानिटार र विश्वज्योति बचत तथा ऋण सहकारी संस्था फिदिम छन्।

सञ्चालकतर्फ विश्वज्योतीकै ठाकुरप्रसाद ओझा र कर्मचारीतर्फ हातेमालो सहकारीकी व्यवस्थापक पुनम तामाङ र कञ्चनजंघा बचत तथा रिण सहकारीबाट रोशन प्रकाश अर्याल सम्मनित हुनुभएको जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेणुप्रसाद ओझाले जानकारी दिनुभयो। 

कार्यक्रममा हातेमालो विभिन्न क्षेत्रका संस्थाका प्रमुख र प्रतिनिधिले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सहभागीले सहकारी व्यवस्थापन र नियमनका लागि नगरपालिकाले दिगो नीति बनाउनुपर्नेमा जोड दिए।