• १२ साउन २०८१, शनिबार

सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, चैत १८ गते । पूर्व पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा–११, नवलपुरमा सुमोको ठक्करबाट घाइते हुनुभएका पैदल यात्रीको आइतवार मृत्यु भएको छ । हेटौँडा–११ निवासी ३५ वर्षीय ज्ञाने सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौँडास्थित चन्द्र सूर्य पेट्रोल पम्प नजिक शनिबार राति सुमोको ठक्करबाट पैदल यात्री घाइते हुनुभएको थियो । घाइतेको उद्दारगरी हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो । 

शनिबार घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले सिसिटिभीका आधारमा पैदल यात्रीला ठक्कर दिने सवारी साधनको पहिचान गरेको हो । ठक्कर दिई फरार प्रदेश १–०२–०१ ज ४३०० नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय इटहरीको समन्वयमा इटहरीबाट नियन्त्रणमा लिएको र सुमो तथा चालक इटहरी प्रहरीको नियन्त्रणमै छ । 

सुमो र चालक मोरङ ग्रामथान नगरपालिका ७ बस्ने ३६ वर्षीय चेतनाथ सापकोटालाई हेटौँडा ल्याउने तयारी भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।