• १५ वैशाख २०८१, शनिबार

आयरल्यान्डविरुद्ध नेपालका लोकेश बमको शतक

blog

काठमाडौं, चैत १६ गते । आयरल्यान्डविरुद्ध नेपालका लोकेश बमले शतक प्रहार गर्नुभएको छ । उहाँले ५२ बलमा आठ–आठ चौका र छक्काको मद्तमा शानदार शतक प्रहार गर्नुभएको हो । 

आयरल्यान्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ । सोही लक्ष्य पछ्याउनेक्रममा नेपालका लागि बमले शानदार शतक प्रहार गर्नुभएको हो । उहाँ ५६ बल खेल्दै १०६ रन बनाएर आउट हुनुभएको छ । अहिले नेपालका आरिफ सेख र किरण ठगुन्ना क्रिजमा छन् । नेपालले १६ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १९२ रन बनाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल बनाएको हो ।