• १६ वैशाख २०८१, आइतबार

गेटमा ‘फ्लड लाइट’

blog

धनगढी समाचारदाता

धनगढी, चैत १६ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित छ लेन सडकमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ जडान गरिएको छ । उपमहानगरपालिका–१३ स्थित मोहनपुरमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ लगाइएको हो ।

गेटमा जडान गरिएको लाइटका कारण जोकोहीले ‘आहा धनगढी सहर’ भन्ने गरेका छन् । चार लाख ४७ हजार रुपियाँ लगानीमा स्वागत गेटमा ३२ वटा ‘फ्लड लाइट’ जडान गरेको उपमहानगरपालिकाले जनाएको छ । 

छ लेन सडकलाई उज्यालो र आकर्षक बनाउने क्रममा केही दिनअगाडिबाट मात्रै स्ट्रिप लाइट बाल्न सुरु गरिएको हो । ‘फ्लड लाइट’ जडानले रातिको समय स्वागत गेट आकर्षक देखिने गरेको छ । ‘फ्लड लाइट’ को एक कार्यक्रमबिच उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले धनगढीको बाटोलाई उज्यालो बनाउने क्रम जारी रहेको बताउनुभयो । 

यसअघि उपमहानगरपालिकाले १९ लाख ५६ हजार रुपियाँ लागतमा मोहनपुरमा स्वागत गेट निर्माण गरेको थियो । गत मङ्सिर २७ गते स्वागत गेट निर्माणका लागि उप्रेती बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग ठेक्का सम्झौता भएको थियो । प्रालिले स्वागत गेट निर्माण गरेर धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि ‘फ्लड लाइट’ जडान गरिएको हो ।