• १५ वैशाख २०८१, शनिबार

समसामयिक निबन्ध सङ्ग्रह सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १४ गते । इतिहासकार एवं संस्कृतिविद् प्राडा. प्रेमकुमार खत्रीको ‘समसामयिक निबन्ध’ सङ्ग्रह बुधबार राजधानीमा सार्वजनिक गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सम्पदा अनुसन्धान सदन’ स्थापनाको घोषणा कार्यक्रममा सो निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । विश्वविद्यालय र अन्य क्षेत्रमा गरिने अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यसहित सम्पदा अनुसन्धान सदनको स्थापना गरिएको बताइएको छ ।  

नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति भूपाल राईले सम्पदा अनुसन्धान सदन स्थापनाको शुभकामना दिंदै ज्ञानको अभ्यास र कसरत गर्ने थलोका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सदनका अध्यक्ष प्राडा. प्रेमबहादुर खत्रीले त्रिभुवन विश्वविद्यालयमा लामो सेवापछि मूर्त तथा अमूर्त सम्पदाको क्षेत्रमा काम गर्दैआएको बताउनुभयो । 

लोकवार्ताका क्षेत्रमा समेत सक्रिय उहाँले विश्वविद्यालयका अनुसन्धान खस्केको चर्चा गर्दै अध्ययन अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सम्पदा अनुसन्धान सदनको स्थापना गरिएको बताउनुभयो । 

इतिहास, संस्कृति, सम्पदा र प्राडा. खत्रीका जीवनका भोगाइसम्बन्धी २६ वटा निबन्ध सङ्ग्रहमा सङ्कलित छन् । सदनका अध्यक्ष प्राडा. खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. मुक्तसिं लामाले ‘जातिको इतिहास लेखनका मुख्य पक्षहरू’ र डा. तारामणि राईले  ‘राष्ट्रिय जनगणनामा आदिवासी जनजाति’ विषयक सङ्क्षिप्त अवधारणापत्र प्रस्तुत गर्नुभयो ।