• १२ साउन २०८१, शनिबार

बदली र वर्षाको सम्भावना

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत ८ गते । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको विभागले जनाएको छ । 

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।